भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

फेसबुक, सिर्जना र स्रष्टा

सम्प्रेषक : साहित्य संसार Wednesday, September 15, 2010
साहित्य संसार
----

शेखर ढकाल

को आउँछ ? को जान्छ ?
फेसबुकलाई के थाहा ?
हामी पो याद गर्र्छौ, आफ्ना प्रिय मनहरूको ।

सामाजीक सन्जाल फेसबुकमा शुक्रबार प्रकार अन्तरले लेखेको स्टाटसको एक अंस हो यो । हो पनि फेसबुक अहिले इन्टरनेटमा पहुँच राख्ने सबैको भएको छ । जस्लाई जतिबेला मन लाग्यो घुमिहाल्न पर्ने ।
सूचना र प्रविधिको यो युगमा मानिसका हरेक क्रियाकलाप यसैमा जोडिएर आउँछन् । सूचना र प्रविधिको सदूपयोग गर्नेका लागि फेसबुक अहिले सबैको साझा भएको छ । हरेका क्षेत्रका व्यक्तिले यसलाई उपयोग गरिरहेका छन् भने धेरैले मनोन्जनको साधनसमेत बनाएका छन् । कलम चलाउनेहरूका लागि त फेसबुक अरुलाई भन्दा धेरै उपयोगी भएको छ ।
कथाकार कुसुम ज्ञवाली भन्छन्- "नेपाली साहित्यिक पत्रिकाबढीमा २ हजार प्रति छापिएलान् । तर फेसबुकमा एकै पटकमा हजारौँ समक्ष पुग्न सकिन्छ । प्रकाशनको समय कुर्नुपर्ने झन्झट पनि छैन् ।" प्रकाशन संस्थालाई सर्जकहरूले आफ्ना सिर्जना छपाउन गर्नुपर्ने चाकडीको पनि यस्ले अन्त्य गरेको सर्जकहरूलाई लागेको छ । आफ्नो विचार स्वतन्त्र रुपमा अरु समक्ष पुर्‍याउनसमेत यो कोशेढुङ्गा भएको छ । यसैको फाइदा लिदै तीजको सम्झनालाई कवितामा सुविसुधा आचार्यले फेसबुकबाट पोखिन् -:

तीज आयो भन्छ चरी रमाउँदै वनमा
म अभागी चेलीको पीर छ मनमा ।
बोलाउने आमा छैन् लिन आउँने दाइ छैन,
धेरै भयो माइतीघर जान पाइ छैन ।

प्रविधिसँग साइनो गास्ने थुप्रै नेपाली स्रष्टा फेसबुकको जालो भित्र जेलिएका छन्, देशका कुना काप्चामा रहेर होस् या सात समुन्द्रपारीका देशहरूमा छरिएर । सबैको भावना साट्ने एउटै थलो बनेको छ फेसबुक । गजलकार प्रकाश आङ्देम्बेलाई फेसबुक सर्जकहरूका लागि यौटा बृहत चौतारी झैं लागेको छ । उनी भन्छन्- "देश विदेशमा रहने र वर्षौदेखि सम्पर्क बाहिर रहने सर्जकहरूका रचना त्यहि चौतारीमा साटासाट हुन्छ, छलफल हुन्छ र माझामाझ पनि हुन्छ । जसले गर्दा एकातर्फ लामो समय हराएका र्सजकहरूका रचना पढ्न पाइएको छ भने अर्कातर्फ रचना माझ्ने काम पनि भएको छ । साथै सर्जकहरू बीचको घरातलीय दूरी पनि घटेको छ ।" घरातलीय रुपमा टाढा भएकाहरूको पीडा समुन्द्र पौडेलले फेसबुक चौतारीमा बिसाएका छन् -:

गर्मीको याम, तातो यो हावा बाँचु म कसोरी
रुवाइ मन, पिएर आँशु हाँसु म कसोरी ।
आँखामा आँशु, लिएर यहाँ बस्न भो कठिन,
हजारौँ कोशको यो पापी दूरी नाँसु म कसोरी ।

फेसबुकको प्रयोगसँगै सर्जकहरूले आफ्नो गतिलाई तीव्रता दिएका दिएका छन् । लेख्ने बित्तिकै हजारौँ समक्ष पुग्ने र तत्काल प्रतिक्रिया आउने भएपछि उत्साहित नहुने कुरै भएन् । सहित्यिक पत्रिका तथा पुस्तकमा प्रतिक्रियाका लागि महिनौँ कुर्नुपर्ने अवस्थालाई नै फेसबुकले मुक्त पारेको छ । 'नयाँ स्रष्टा र लेख्नलाई सहि बाटो नभेट्टाएका सिर्जनशील र क्रियाशील मनहरूलाई फेसबुक साच्चिकै उपयोगी छ, साहित्यकार रमेश पौडेल भन्छन्- "विधागत जानकारीको अभाव भएकाहरूलाई विधा बारे जानकारी लिन, अग्रजहरूबाट बुझ्न सजिलो भएको छ । साहित्यका विभिन्न विधामा सचेत हुदै क्रियाशिलता बढाउनसमेत यसले मद्दत गरेको छ ।" तर सावित्रा काफ्ले भने धेरै नेपालीमा इन्टरनेटको पहुँच नभएकाले फेसबुक नेपाली साहित्यको जागरणमा त्यति धेरै फाइदा नपुर्‍याउने बताउँछिन् । उनको विचारमा फेसबुकमा सकारात्मक टिप्पणी मात्र मन पराइने भएकाले सिर्जनशिलतामा पनि त्यति फरक पार्दैन, त्यसैले यो सिर्जना थोरै पाठकहरू समक्ष पुर्‍याउने माध्यम मात्र हो ।

सन्ध्याको घाम
क्षितिजमा हराँउदा
एकलासमा
यी लाइनहरू लेखिरहेछु
आँखाको सामिप्यमा
एउटा युग
बहुरुपमा उम्रिन्छ ।

संसारभरका करिब ५० करोड इन्टनेट प्रयोगकर्ता अबद्ध फेसबुक सन्जालमा जयराम तिमल्सिनाको मनको पर्खाल शीर्षक कविताको एक अंश । नेपाली साहित्यका विभिन्न विधाका समूहहरू क्रियाशिल छन् । जसले नेपाली साहित्यको विकास र नयाँसर्जकलाई हौसला अनि सल्लाह र सुझाव दिने काम गरिरहेको पाइन्छ । अग्रजहरूले रचनाहरू पढेर गर्ने टिप्पणी, सल्लाह र सुझावले नयाँ सर्जकहरूलाई परिष्कृत र परिमार्जित हुन् ठूलो सहयोग गरेको छ ।
यसरी बढ्दो प्रयोगसँगै विकृति पनि भित्रन थालकाले सर्जकहरू चिन्तित हुन थालेका छन् । यसलाई सहि सदूपयोग गर्दै साहित्यको विकासमा लाग्नुपर्ने उनीहरूको धारणा छ । फेसबुक चौतारीमा सिर्जनाहरू पस्कदै आएका टेकेन्द्र अधिकारी लेखकहरूले आफ्नो नैतिकतामा रहेर कमिकमजोरी औल्याउनुपर्ने बताउँछन् । उनी भन्छन्- "लेख रचनामा तल्लो स्तरमा झरेर टिप्पणी गर्ने, होच्याउने जस्ता विकृति भित्रिएका छन् । त्यसबारे लेखक साहित्यकारहरू बीच छलफल गर्दे आगामी दिनमा फेसबुकलाई सहि सदुपयोग गर्न लाग्नुपर्छ ।"
फेसबुक सन्जालमा थुप्रै सर्जकहरू समय कटाइँरहँदा इन्टरनेटमा चासो नराख्ने र इमेल आइडीसमेत नभएका नेपाली साहित्यकार र लेखकहरूले समेत सोच्ने बेला आएको छ ।

(साभार )
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com