भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

ब्लग चौतारी

चुनाव गराउने भन्छन तर कानून बनाएर चै किन नदिएका ?

ब्लग सम्प्रेषक : खांट्टी कुरा
जनकमान डंगोल
जनकमान डंगोल

कानून नबनाएसम्म चुनाव हुन सक्दैन,चुनाव हुन्छ भनेर कसरि भन्न सकेका होलान ?

सरकारले केही दिनमा नै चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको समाचार आईरहेको बेला प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको भएपनि अहिलेसम्म सरकारले कानुन दिन नसकेको हुँदा कानून नभए सम्म चुनावको मिति घोषणा गर्न नसकिने बताएको छ ।

सरकारले कानुन दिए फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गर्न सकिने र चुनावका लागि चाहिने १३० दिन नै हो ’ नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै प्रमुख आयुक्त यादवले भने, ‘दलहरु तयार छन् भने हामी सबै कुरामा फास्ट ट्रयाकबाट ९० दिनमा चुनाव गराउन सक्छौ । उनले पहिला कुनको चुानाव गर्ने हो त्यो पनि प्रष्ट पार्नुपर्ने बताए ।  उनले भने,‘निर्वाचनको मिति घोषणा गरेरमात्रै हुँदैन, त्यसको लागि ऐन, कानून र स्रोत साधन चाहिन्छ ।’

राष्ट्रलाई निकास दिनकोलागि निर्वाचन आयोग सँधै तयार रहेको उल्लेख गर्दै यादवले भने,‘अहिले देशव्यापी रुपमा निर्वाचनको ठूलो माग छ, म आँफै मधेश, पहाड र हिमालका धेरै ठाउँमा जाँदा त्यहाँका जनताहरुको चुनाव हुनुपर्छ भन्ने माग छ, आयोग यसमा गम्भिर छ ।’

यादवले यदि स्थानीय तहको निर्वाचन गर्ने हो भने त्यसका लागि चाहिने मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन उपलब्ध गराउनुपर्ने बताए ।
यादवले आगामी २०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकोले त्यसको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए,
तर,
देसको ठुला पार्टी नेपाली कांग्रेस देखि तेस्रो पार्टी माओबादी केन्द्रका केहि नेताहरु अब बैशाखमा चुनाव हुन्छ त्यसैले सबै तयारि भएर बस्नु भनेर हुकुमी आदेस गिराउदै हिंडेका छन ।

चुनाव गराउन ऐन कानून चाहिन्छ । बिना कानून के कसरि चुनाव हुन्छ ?

त्यसैले प्रचण्ड देखि देउवाहरूले चुनाव हुन्छ, हामीले तोकिएको समयमै चुनाव गराउन कम्बर कसेर लागेका छौ तर बिरोधि एमालेले संसद चल्न दिएका छैनन् । संसद नचले पछी कानून बन्दैन र कानून नबने सम्म चुनाव कसारी हुन्छ भनेर अबको केहि दिन पछी देउवा तथा प्रचण्डले कुनै सभामा भने भने त्यसलाई अनुठो नमाने हुन्छ ।

ब्लग चौतारी

गीत

ब्लग सम्प्रेषक : भगवती वस्नेत
गीत

तिमी मैले रूने हाँस्ने उही धर्ति उही आकाश
तिमी मैले मर्ने र बाँच्ने उही धर्ति उही आकाश 

मनभरी नयनभरि उही प्रेमिल आकृति छ
सागरको पानीसरि अथाह नै पिरती छ
सम्झनको बतासले तिमीसँगै पुर्याई दिन्छ
आँधीहुरी आए पनि तिमीसँगै हुर्याई दिन्छ ।

झरनाको पानी जस्तै कलकल म बगिदिउला
तिमी साथ रहे संधै सारा दुख सहि दिउला
मरुभूमि चारैतिर एक्लो मन बोकी हिंड्छु
लैजाउ प्रिय तिमीलाई यो जीवनै सुम्पी दिन्छु ।

ब्लग चौतारी

वैंश अनि मंसिरका कुरा [ कविता ]

ब्लग सम्प्रेषक : Yumesh Pulami









[ Yumesh Pulami ]


हुन त :-
अंकमा नापिने
जिन्दगी र प्रेम व्यर्थ हो रे !
वैशले प्रेम नाप्नेहरुको भिड छ यहाँ
जमाना जति सुकै डिजिटलाइज भएनी ...
किन कि ..
वैशको रोग हो रे यो - प्रेम !

त्यसैले त यो रोग ..
सबैलाइ सर्छ रे !
पटक पटक जीवनमा !

भन्छन :-
प्रेम गर्न कसैले सिकाउनु पर्दैन
बरु प्रेमले जिन्दगी सिकाउँछ !

मेरो टेक्निसियन साथी
मङ्सिर लाग्ने वितिकै
भन्दै'थ्यो मलाई

छेमिकमा
छिमेकीको मोबाइल बिग्रियो
यसो घोच घाच पारे
ठिक गरेर दिए

फेरी
कम्प्युटर बिग्रियो
त्यसलाई नि
घोच घाच पारे
ठिक ठाक गरेर दिए

अब फेरी सुन्दै'छु
तिनका छोरी चेली पनि
बिग्री रा'छन रे ..

.... सोच्दै'छु
अब घर छोडेर हिड्नु पर्ने हो कि
डेरा सर्नु पर्ने हो !

नत्र उप-राष्ट्रपति लाइ जस्तै
फ्याट्ट माला लगाई दी हाले भने !
उप राष्ट्रपति सम्म त
सरम/ धर्म पचाउन सकिन्थ्यो
तर तिनका मति नभा पति
भैयो भने !!
सत्यानास !!


फेरी
मङ्सिरको समय छ भर छैन !

छिमेकमा :-
तिनका छोरि चेली बिग्रिनुमा,
मेरै हात छ जस्तो गरेर

छिमेकीहरु
मङ्सिर गयो
माघ'नि जान लाग्यो
बैशाख पनि कट्ला कान्छा
भनेर सोध्छन-सधै ..

हैन, म सिङ्गल हुदा
तिनको किन टाउको दुख छ, हँ ?
झ्वाक चल्छ कहिले काही त ! :-(

मलाइ यसै गरी जिस्काउछन् सबैले
तिम्लाई भन्दा बढी
तिम्लाई त म मात्रै जिस्काउछु !


हुन त म पनि
बा'सँग जिस्किन्थे
वैंशका कुरा लाइ लिएर

'बा'
"छोर छोरीले डाँडा काँडा ढाकुन"
भनेर आशिस दिने हजुर बा'हरुले
किन पो :- "श्रीमतीले घर भरिउन"
भनेर आशिस दिएनन ??

सायद !
'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक'
भनेर देवकोटाले भने झैँ
हजुर बा'हरुले पनि
एक श्रीमती बाट
डाँडा काँडा ढाक्ने गरी
सन्तान फैलाउनु पनि ठुलै उद्देश्य हो नि
भन्ठानेर
ठुला उद्देश्य दिएका हुन् कि' भन्दा

बा' मुर्छा परुन्जेल हास्नु हुन्थ्यो !!
ती कुरा सम्झदा पनि
आजै हो जस्तो लाग्छ !!

हिजो आज
तिनका छोरी / चेली माग्न जादा
कति पढेको छौ बाबु भन्नेहरुलाइ
तिम्रो छोरीको पति मात्र होइन
राष्ट्र कै पति ( राष्ट्रपति)
हुन् सक्ने क्वालीफिकेशन छ
म सँग
भनेर भन्दिने झ्वाँक चल्छ'बा !!

जागिर खानको लागी
एक्पिरेन्स नहुदा दु:ख पाएर
हैरान भएको मलाइ
धन्न आज सम्म
कसैले वे'को लागी
केटि हेर्न जादा
दुइ/चार बर्षे एक्पिरेन्स
खोज्या छैनन

... त्यहि भएर मात्रै
अझै आश मरेको छैन
नत्र त
बले दाइको जस्तो
कति जोर जुत्ता थोत्रिने
कति थान उमेर फाट्ने हो भनेर
हिसाब गरी सक्नु हुन्न'थ्यो होला !!

यही मङ्सिरले गर्दा हो क्यारे
कतिले आफ्नो
गर्ल फ्रेन्ड र बोइ फ्रेन्ड
जोगाउन सकेका छैनन्
विचरा !!


सायद
तिम्रो वैंश देखेर नै होला
मङ्सिर, बैशाख
हरेक बर्ष आउने गर्छ
दोहोर्याइ दोहोर्याइ -तिम्रो वैंश हेर्न !
त्यसलाई नि मलाइ झैँ
हेरु हेरु लाग्दो हो - तिम्लाई !


वैंश फुल झैँ फक्रन्छ रे
अनि सबै लाइ आकर्षण गर्छ रे
आफु तिर तिम्ले झैँ !

सायद
मङ्सिरले:-जाडोलाइ स्वागत गर्नु !
माघले चिसो सिरेटो अँगाल्नु
अनि बैशाखले न्यानो दिनु
आपसमा आफैलाई
अँगालोले ओढे झैँ न्यानोपन रहेछ !
यो वैंश र प्रेम मा ! :-)

सायद
वैंशले मानिस लाइ बुढो हुन् दिदैन
त्यसैले त् :
बुढेसकालमा पनि
मान्छेहरु
भन्ने गर्छन : -
शरीर बुढो भएको हो
मन बुढो भा'छैन !!
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com