भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

अदृश्य प्रेम, सीता बराल

सम्प्रेषक : सिता बराल Tuesday, March 20, 2012
सिता बराल
----
बिषयक्रम : ,
फेसबुक खोल्ने वित्तिकै प्रतापले पठाएको फ्रेण्ड रिक्वेस्ट देखेर शर्मिला एकछिन टोलाएर बसिन । उनलाई खुशिको सिमा नै भएन । मनमा छायाँ भएर रहेका प्रताप शर्मिलाको विहे पछि विस्तारै टाढा भएका थिए । शर्मिलाले कुनै न कुनै माध्यम बाट प्रतापका खबरहरु पाई रहेकी थिईन । प्रतापले आफ्नो जिन्दगीको महत्वपूर्ण दिन बिहेमा उनलाई निम्ता पठाएनन् । शर्मीलाको अफिस नजिकैको बोडीङ्ग स्कूलमा पढाउन आउने गरेका प्रतापले स्कूल छाडेर विदेश गईसकेको कुरा उनले केही महिना पछि मात्र थाहा पाईन । विस्तारै दिनहरु वित्दै गए । शर्मीला त्यस ठाँउमा रमाएर बस्न सकिनन । केही साथीहरुको सल्लाहमा उनि विदेश लागीन । शर्मीलालाई प्रतापले गरेको ब्यवहारले दुखेको भित्रीमन आज फेरि बल्झीयो । वितेका दिनहरुलाई बर्तमानमा कल्पदै प्रतापको रिक्वेस्ट एसेप्ट गरिन र तुरुन्त म्यासेज पठाइन । एकाउण्टमा भएका सुबिधाहरु प्रयोग गर्दै शर्मिला र प्रताप धेरै जसो फेसबुक अनलाईनमा कुरा गर्न थाले । दुबैजना देश बाहिर भएको चार पाँच वर्ष वितिसकेका थिए । परदेशमा भोग्नु परेका दुःख र पिडाहरुलाई लुकाउदै, आँखाबाट आसु झार्दै रुन्चे स्वर दबाउदै म सन्चै छु र यहाँ मेरो बारेमा चिन्ता लिनुपर्दैन भन्नुपर्ने बाध्यता दुबै जनाका एउटै थिए । अब उनीहरु दुबैले एकअर्कालाई पिडा विसाउने चौतारिको रुपमा पाए । दिनभरिका आफ्ना दुःख सुखका कुराहरु गरेर मन हल्का बनाउन पाउदा उनिहरुको विदेशी वसाई केही सहज महशुस गरेका थिए । छुटिको दिन दिनभरि नै जसो दुबै जना वितेका सबै कुराहरु गरिरहेका थिए । प्रतापले शर्मीलालाई आफुले एकदमै मन पराएका, शर्मीलाले कुनै तर्फ बाट पनि कुरा ननिकालेको हुनाले आफुले बिहेको प्रस्ताव राख्न नसकेको, प्रतापले पढाउने स्कूलको बाटो गरि शर्मीला अफिस जान लागेको थाहा पाएर उनलाई विर्सनको लागी प्रताप विदेश हिडेको कुरा खुलेर गरे । शर्मीलाले प्रतापलाई विगतका कुराहरु विर्सीएर वर्तमानमा आ आफ्नो कर्तव्य पुरा गर्न तिर लागौं है भन्दै सम्झाउदै थिईन । तिम्रै सम्झनामा आज सम्म बाँचिरहेको छु, म तिमीलाई धेरै माया गर्छु जस्ता प्रेमका शब्दहरु वर्षिइरहन थाले । प्रतापका कुराहरुले शर्मिलाको मनमा दविएर रहेको प्रेम आँसु बनेर आँखाबाट बगीरहे । प्रताप आफ्नो सामुन्ने भएको भए आज उनीहरु एकअर्कालाई अंगालेर आफ्ना मनका पिडाहरु पखालेर शान्त पार्ने थिए होलान । निष्ठुरी समयले सात समुन्द्र पारी पनि उनिहरुलाई साथ दिएन । साथीहरुको बिचमा एक्लो महशुस गरेका प्रतापले आज आफ्ना मनका कुराहरु एकोहोरो गरिरहदा शर्मीलालाई कता कता डर लाग्यो । लामो समयसम्म दुखेर खाटा वसिसकेको घाउ फेरि कोटीन थालेपछि त्यसले भयावह स्थिती ल्याउन सक्छ । आज म संग प्रतापको सम्बन्ध बढ्दै जादा यसले सामाजिक रुपमा नराम्रो असर पार्छ । एउटा पारिवारको बन्दै गरेको सुन्दर भविष्य भताभुङ्ग पारिदिन्छ । अब मैले विस्तारै प्रतापबाट टाढा हुनु नै पर्छ । मेरो कारणले प्रतापको परिवारको खुशी खोसीन हुदैन भन्ने सम्झदै लामो समयपछि फेसबुक मार्फत भेट भएर आफ्ना मनमा प्रताप प्रति रहेको माया पोखेर मन हल्का गराईदिने समय मिलाईदिएकोमा भगवानलाई धन्यबाद दिदै अबका दिनमा प्रताप संग कहिल्यै सम्पर्कमा नआउने निर्णय गरि मनभरि प्रतापको माया संगाली आँखा भरि विदाइका आँसु बगाउदै शर्मीलाले कहिल्यै नखोल्ने गरि फेसबुक एकाउण्ट बन्द गरिन ।
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com